रेविज रोग विरुद्ध निःशुल्क खोप

७ असार, महेन्द्रनगर । भीमदतनगर – १५ को राधाकृष्ण टोलमा हिजो शनिबार रेविज रोग विरुद्ध निःशुल्क खोप शिविर सञ्चालन भएको छ । वडामा रहेका कुकुरहरुलाई रेविज रोग लाग्न नदिन भीनपा –१५ को वडा कार्यालयले शिविर सञ्चालन गरेको हो ।

वडाका सचिव भोजराज जोशीका अनुसार वडामा रहेको विभिन्न टोलहरुमा विभिन्न समयमा यस प्रकारको कार्यक्रम सञ्चालन हुँदै आएको छ । भीमदत्तनगरपालिका आर्थिक विकास शाखा पशु सेवा उपशाखाले आयोजना गरको उक्त कार्यक्रममा करीब सय वटा कुकुरलाई खोप दिइएको थियो ।