मोटरसाइकल दुर्घटनामा राससकर्मी गम्भीर घाइते

पुष, २४ इलाम । मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय समाचार समिति इलामका मङ्गलबारे संवाददाता टीका खतिवडा गम्भीर घाइते भएका छन् । सदरमुकाममा आफ्नै मोटरसाइकल चलाउने क्रममा दुर्घटनामा परेर खतिवडा घाइते भएका हुन् ।

उनलाई उपचारका लागि झापाको बिएण्डसी अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा परेर खतिवडाको कम्मरको माथिल्लो भागको भित्री अङ्ग फियोमा गम्भीर समस्या देखिएको चिकित्सकले जनाएका छन् ।

अस्पतालले उपचारका लागि शल्यक्रिया गर्नुपर्ने बताएपछि उपचारार्थ अर्थ सङ्कलनसमेत थालिएको छ ।