कोरोना : विश्वमा एकैदिन थप १४ हजार बढीको संक्रमणका कारण मृत्यु

पुष, २४ काठमाडौं । पछिल्लो विवरण अनुसार विश्वका कोरोना संक्रमणका कारण थप १४ हजार ३०१ जनाको मृत्यु भएको छ । उक्त संख्यासँगै विश्वमा कोरोनाको कारण ज्यान जानेको संख्या १९ लाख ५ हजार २ सय ६१ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

एकैदिन सबै भन्दा धेरै अमेरिकामा ३ हजार ८ सय ५ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी अमेरिकामा कोरोनाबाट मृतयु हुनेको संख्या ३ लाख ७३ हजार ७ सय ९५ पुगेको छ ।

त्यस्तै ब्राजिलमा एकैदिन १४ सय ५५ जना संक्रमितको मृतयु भएको छ । यसरी ब्रालिजमा कुल संख्या २ लाख ४ सय ९८ पुगेको छ ।