प्रचण्ड-नेपाललाई आगामी चुनावमा १० सिट जितेर देखाउन प्रधानमन्त्रीको चुनौति

पुस,२४ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाललाई आगामी चुनावमा १० सिट जितेर देखाउन चुनौति दिएका छन्। शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दैै ओलीले यस्तो चुनौती दिएका हुन् ।

‘उहाँहरुले ठूलो कुरा गर्नुभएको छ, म उहाँहरुलाई चुनौति दिन्छु, दुई अंकमा सिट जितेर देखाउनुस् अर्थात् देशभरबाट १० सिट ल्याएर देखाउनुस्, जसलाई छोरी, बुहारीको मतलब छ, जनताको मतलब छैन, उनीहरुले पार्टी हाम्रो रे ? यो पार्टी देश बनाउनेहरुको र जनताको पार्टी हो।’ ओलीले भने । साथै, ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए।