पुस,२५ बुटवल । रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रीड नेपालले ‘जथाभावी नथुकौं’ अभियान सुरु गरेको छ । थुकले मृत्यु फैलाउँछ भन्ने सन्देश फैलाउन अभियान सुरु गरिएको क्लबका संस्थापक अध्यक्ष डा. सन्तोष पोखरेलले बताए ।
अभियानको शनिबार बुटवलको ट्राफिक चोकबाट सुभारम्भ गरिएको छ ।
जथाभावी थुक्दा फोहोर मात्र हुँदैन, थुकले रोग समेत फैलाउँछ । युरोपलगायतका विकशित मुलुकमा जथाभावी थुक्नुलाई दण्डनीय मानिन्छ । तर, हामीकहाँ यो विषयलाई खास महत्व नदिँदा विभिन्न प्रकारका संक्रामक रोगहरु थुककैं कारण फैलिने गरेका छन् ।







