कोरोना : विश्वमा एकैदिन ७ लाख ७ हजार भन्दा बढी संक्रमित

पुस, २६ काठमाडौं । वल्डोमिटर्सका अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ ।

विश्वमा एकैदिन ७ लाख ७ हजार ७ सय ४० जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ९ करोड ३९ हजार ६ सय ४६ पुगेको हो ।

त्यस्तै विश्वमा एकैदिन १२ हजार २ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ३३ हजार ४ सय ९ पुगेको छ ।

विश्वमा ६ करोड ४४ लाख ४४ हजार ३ सय ६१ जना संक्रमित उपचारपछि निको भएका छन् ।