पुष, २६ काठमाडौं । नेपाल दाना उद्योग संघ चितवन शाखाको नयाँ कार्यसमिति चयन भएको छ ।
शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभा तथा अधिवेसनबाट बालचन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसहिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा विनोद पोखरले निर्वाचित भएका छन् । त्यस्तै सचिव र कोषध्यक्षमा क्रमस ओमप्रकाश तिवारी र युवराज पाठक चयन भएका छन् । सदस्यहरुमा बुद्धिप्रसाद अधिकारी, रामचन्द्र अधिकारी, शिव पौडे र निराजन खनाल चयन भएको जनाइएको छ ।







