७ असार, काठमाडौं । आषाढ कृष्ण औँसीका दिन आज बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ ।
बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्नेछ । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ ।
काठमाडौं र भक्तपुर बाट यस्तो देखियो सूर्यग्रहण
तस्बिरहरु: रासस










