७ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले, आइतबार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । संक्रमितमध्ये ७ हजार २ सय ३१ जना आइसोलेसनमा उपचार गराईरहेका छ्न् भने १७७२ निको भइसकेका छ्न् ।
हाल सम्म कोरोना सन्क्रमणबाट २३ जनाको मृत्यु भएको छ ।







