७ असार, कपिलबस्तु । कपिलबस्तुको कृष्णनगरमा कुखुराका अवैध चल्ला आज नष्ट गरिएको छ । भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको ३७५० चल्ला प्रहरीले बरामद गरेको थियो ।
कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट करीब तीन हजार चल्ला बरामद गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
ती चल्लाको मूल्य रु दुई लाख ८१ हजार २५० रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । विभिन्न सरोकार निकायको रोहवरमा चल्ला नष्ट गरिएको थियो ।







