माघ,२७ काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित भएकी छन् । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान प्रदान गरेको हो ।करिव एक दशकअघि यही समुहले अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको उक्त समुहद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हालै काठमाडौंमा आयोजित समारोहमा समारोहमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरिएको हो । उनलाई राजेश हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरे ।







