नेकपाको प्रचण्ड-नेपाल समूहको प्रदर्शनः कहाँ-कहाँबाट जुलुस सुरु हुँदै ?

माघ, २८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले उपत्यकाम वृहत प्रदर्शन गर्दैछन् ।

सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकालिने छ ।

विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ ।

मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्नेछन् ।

पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन् ।