ओलीको तानाशाही समाप्त नभएसम्म आन्दोलन जारी रहन्छः देव गुरुङ

माघ,२८ काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गरेको प्रतिगमनको विरुद्धमा आन्दोलन भइरहेको बताएका छन् ।

‘कामचलाउ सरकारले मनपरी गरिरहेको छ, त्यसलाई परास्त गर्न सबै लाग्नुपर्छ, यदि परास्त गर्न सकिएन भने लोकतन्त्र समाप्त हुन्छ’ उनले भने ।ओलीले संविधान मिचेर निर्वाचन गराउन लागेको दावी गर्दै उनले राष्ट्रिय पञ्चयतजतिको पनि अधिकार नरहेका प्रधानमन्त्रीले प्रतिगमनका लागि विभिन्न क्रियाकलाप गरिरहेको आरोप लगाए ।

जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उनले बताए ।