माघ,२८ काठमाडौ।नेकपाको प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले चुनावमा सबै निर्वाचन क्षेत्रमा केपी ओलीको जमानत जफत हुने बताएका छन् ।
प्रचण्ड–नेपाल सूमहको नेकपाले काठमाडौँमा आयोजना गरेको विरोधसभामा खनालले भगेराको कथा भन्दै भने‘ मिस्टर केपी ओली तपाईका खुट्टी हेर्दै पत्याए, अब तपाईले दुई तिहाइ होइन, जमानत जफत हुने छ ।’ उनले भने ‘२ वर्ष पछि अब यो देशमा चुनाब हुन्छ,त्यो दुई वर्ष पछिको चुनावमा हेर्नु होला मेचीदेखि महाकालीसम्मका १६५ सिटहरुमा तपाईको जमानत जफत हुन्छ । ’







