माघ, २९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुधका लागि बोलाएको छ ।
झाँक्रीले सार्वजनिक कार्यक्रममा गलत अभिव्यक्ति दिएको कारण सोधपुछको लागि बोलाएको र यदि उपस्थित नभएमा पक्राउ नै गरिने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री ओली लगायतको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा गलत अभिव्यक्ति दिएको भन्दै सोधपुछको लागि बोलाएको हो ।
नेतृ झाँक्रीले प्रचण्डÞ–नेपाल पक्षका विभिन्न सार्वजनिक कार्यक्रमहरुमा राष्ट्रपतिको भूमिकामाथि कडा आलोचना गर्दै आइरहेकी छिन् । साथै झाँक्रीले प्रधानमन्त्रीलाई कागती बादशाहको संज्ञा दिँदै केही दिनमा कागती बादशाहको शासन ढल्ने बताउँदै आएकी छिन् ।







