रामकुमारी झाँक्री लाई बोलाउदा नगएपछि ‘पक्राउ’ गर्न घरमै पुग्यो प्रहरी

माघ, २९ काठमाडौं । नेपाल कम्युनिस्ट पाटी (नेकपा)को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमै पुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गरेको आरोपमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी अपराध महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न शंखमुल घरमै पुगेको हो ।

सोधपुछका लागि बोलाएपनि उपस्थित नभएपछि घरमै प्रहरी पुगेको हो ।