माघ,२९ काठमाडौ। प्रहरीले दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँर्कीलाई पक्राउ पुर्जी जारी गरेको छ । झाँक्रीलाई सोधपुछका लागि बिहीबार प्रहरी घरमा पुगेपछि उनले पक्राउ पुर्जी मागेकी थिइन् ।
प्रहरीले भर्खरै पक्राउ पुर्जी लिएर झाँक्रीको घरमा पुगेको छ । पक्राउ पुर्जी पढेर अनेरास्ववियूका नेतृ आरती लामाले सुनाएकी थिइन् । महानगरीय अपराध महाशाखाले उनलाई राज्यविरुद्धका कसूर अन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेको हो ।







