फागुन, १ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आज बुटवलमा बृहत भेलाको आयोजना गर्दै छ ।
नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभा दिउँसो साढे १२ बजे शुरु हुने बताइएको छ ।
जनसभालाई प्रधानमन्त्री एवं सो समूहका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्नेछन् ।
दुई लाख जनताउपस्थित हुने बताएका नेकपाका नेताहरूले आजको जनसभा ऐतिहासिक हुने दाबी गरेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने जिकिर गरे । यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए ।







