कोरोनाः विश्वभर मृत्यु हुनेको संख्या २४ लाख नाघ्यो

फागुन, २ काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ९० जनाको कोरोना बाट मृत्यु भएसँगै विश्वभर मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ ।

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २४ लाख ४ हजार ६२ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा चार लाख ९६ हजार ३३ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ३८ हजार ६४७ जना, भारतमा १ लाख ५५ हजार ६७३ जना, रूसमा ७९ हजार ६९६ जना, बेलायतमा १ लाख १६ हजार ९०८ जना, फ्रान्समा ८१ हजार ६४७ जना, इटालीमा ९३ हजार ३५६ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ७० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।