आजबाट सरकारी कर्मचरी र प्रतिनिधिलाई खोरोनाविरुद्धको खोप दिइने

फागुन, २ काठमाडौं । आजबाट कोरोनाविरुद्धको खोप सरकारी कर्मचारी र प्रतिनिधिलाई लगाउन सुरु गरिने भएको छ ।

सरकारले कोरोना खोप सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई उपलब्ध गराउनेछ ।

फागुन २ गतेदेखि ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।