सभामुख सापकोटा सिन्धुपाल्चोक जाँदै

भदौ २८, काठमाडौं ।
सिन्धुपाल्चोकमा पहिरोको घटनासँगै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलतर्फ प्रस्थान गरेका छन् । उनको गृहजिल्ला पनि भएका कारण उनको चासो बढेको हो ।

उनी आज बिहान पहिरोको घटना जानकारी पाउनासाथ आफ्नै गाडीले त्यसतर्फ लागेको उनको सचिवालयले जनाएको छ । अहिलेसम्म १६ जना बेपत्ता छन् भने एक जनाको शव भेटिएको खबर प्राप्त भएको छ ।