सन्तोष सेनलक्षित दीपकराज गिरीको आक्रोश – आफ्ना सेना र समर्थकलाई सभ्य हुन सिकाउनु

५ असाेज, काठमाडौं । अभिनेता दीपकराज गिरीले ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनलाई आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाउन सुझाव दिएका छन्।

आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै दीपकराजले आफ्नो आक्रोश पोखेका हुन् ।

उनले भनेका छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ‘ यो लिष्ट निक्कै लामो हुँदैछ दिनप्रति‘। सबैलाई गाली गरेरै फ़िल्म चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गर्‍या यो ?’

उनले हिन्दी भाषाको ‘प्रेमगीत ३’ मा नियमानुसार कर तिर्न सुझाएका छन् । बरु नेपाली भाषाको फिल्ममा अतिरिक्त छुट माग्न उनको सुझाव छ । यति लेखेपछि ‘बाइकट अनमोल’ मा आफ्नो नाम पनि थप्न उनको चुनौती छ ।

आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउन खोजेको हो भन्दै प्रश्न समेत गरेका छन् ।