फागुन ३ काठमाडौं । सामाजिक सञ्जाल व्यवस्थापनका विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै–समाजिक सञ्जाल व्यवस्थापनको नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागेको जनाएका छन् ।
विज्ञप्तीमा भनिएको छ, “सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ को नाममा संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरूपमा ब्युँताउन लागेको छ, नेपाली कांग्रेस गम्भीर आपत्ती प्रकट गर्दछ ।”
सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती नहुने बताउँदै त्यसका लागि विद्यमान कानूनभित्रै आवश्यक प्रावधान रहेको दावी गरेका छन् ।
व्यवस्थापन आवश्यक भएपनि वृहत्तर विमर्श बेगर, संसद् विघटन भएको समयमा निर्देशिकामार्फत जारी गर्नेतर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको विज्ञप्तीमा भनिएको छ ।








