सरकारको तीन वर्ष : प्रधानमन्त्री ओलीले आज तीन वर्षमा भएका उपलब्धि सुनाउने

फागुन, ३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन वर्षमा भए र गरेका मुख्यमुख्य कामका उपलब्धि सनर्वजनीक गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले तीन वर्षमा गरेका कामबारे जानकारी दिन लागेका बताइएको छ ।

सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिने बताएका छन् ।