मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

१५ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएको छ। सोमबार कोरोना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन्।

शाक्यले दुई दिनअघि परीक्षणका लागि स्वाब दिएका थिए। सोमबार उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको मेयर शाक्यको सचिवालयले जनाएको छ।

मेयर शाक्य र उनकी पत्नीले सँगै स्वाब दिएका थिए। तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन। मेयर शाक्यलाई पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको सचिवालयले जनाएको छ।