बाल्यकालको सपना पुरा गर्दै निरज ,चित्रकलाको विषयमा यसो भन्छन् !

कपिल शर्मा अधिकारी।काठमाडौ ।चित्रकला सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई रङ्गको माध्यमबाट कापिमा चित्रकारले उतार्ने गर्छन् । चित्रमा सुन्दर भावना समेटिएको हुन्छ, सुन्दर कल्पनाले बास्नादार भएको हुन्छ, अझै भनौं भने चित्रकारको प्रेम र स्नेहले चित्रले सुन्दर आकार लिएको हुन्छ । मन मस्तिष्कले सोच्न नसकेका कयौं अदृश्य कुराहरूलाई चित्रमा सुन्दर आकार चित्रकारले दिने गर्छन् । चित्रकलालाई आफ्नो जीवन्त ठानेर जीवनको यात्रा गरिरहेको हुन्छ । त्यस्तै चित्रकलालाई आफ्नो जीवन्त ठानेर चित्रकलामा निकै नै राम्रो चित्र बनाउन सफल र अत्यन्तै प्रतिभाशाली हुन् निरज भण्डारी । जसले सानो उमेर छदाँदेखि नै आफ्नो मनमा कल्पित चित्रहरूलाई कापिमा उतार्ने कोशिस गर्दर्थे । भण्डारी जसलाई सबैभन्दा बढी आफ्नो हातले बनाएको चित्रमा विश्वास गर्छन्् । उनै सालिन स्वाभवका, प्रतिभाशाली निरज भण्डारी सँग गरेको कला संवाद ।

१. तपाईले कहिलेबाट चित्रकलालाई कापिमा उतार्न थाल्नुभयो ?
सानो छदाँ नै मेरो मनमा चित्रकला कोर्ने इच्छाशक्ति प्रवल थियो । तर मैले मेरो मनभित्र सुन्दर भएर बसेको चित्रकलालाई बहिरी कापिको पानामा उतार्न सकिरहेको थिइन । जब म १० कक्षा पछिको खाली समयमा मैले मनभित्र सुन्दर भएर बसेको चित्रकलालाई कापिको पानामा उर्तान थाले ।

२. तपाईलाई चित्रकला बिषयपनि राम्रो कुरा हो भन्ने सोच कसरी आयो ?
मलाई चित्रकला बनाउछु भन्ने इच्छाशक्ति त थियो, तर त्यो इच्छाशक्तिमा पनि मेरो परिवार साथीहरूको हौसला पाएँ । मेरो परिवारले उत्प्रेरित गर्नु भएको हो । घर परिवार साथै साथीहरूको उत्प्रेरणा नभइदिएको भए सायद अघि बढ्न सक्दिन थिए होला, तर परिवारको अहम् उत्प्रेरणा र साथले चित्रकला तिर पनि समय दिएर पुर्ण रूपमा लाग्छु भन्ने शक्त्ति र सोच आयो ।

३. याद छ तपाईलाई ? पहिलोचोटि कुन कुराको चित्र कोर्नुभएको थियो ?
त्यो बेला अरू मान्छेहरूको चित्रभन्दा पनि भगवानको चित्रको महत्व धेरै हुन्थ्यो । घरमा पनि भगवानको फोटोहरू राखिन्थ्यो । मान्छेहरू भगवानप्रति आस्था राख्ने भएकाले भगवानको चित्र खुब चल्थ्यो तर पनि मलाई भाइरल हुनु भन्दा पनि मलाई हरदम हरपल उत्प्रेरित गर्ने मेरो आफ्नो आमाको चित्र कोरेको थिए ।

४. पहिलो चोटि आफुले बनाएको चित्र हेरेर कस्तो महशुस गर्नुभयो ?
हुन त आफुले बनाएको चित्र सबै नै राम्रो नै लाग्छ, ‘मैले बनाएको चित्रपनि खुब राम्रो लागेको थियो ।’ अझै अरू मान्छेहरू प्रशंसा गरिदिनुभयो समाजिक संजाल बाट पनि निकै नै हौसला दिनु भयो साथै ती प्रशंसाको सुन्दर शब्दले उत्प्रेरित भए, र अझै अघि बढ्ने जोस थपियो ।

५. अब तपाईले चित्रकलालाई नै भविष्य बनाउने विचार छ या छैन के भन्नू हुन्छ् यस बिषयमा ?
अहिले मैले जति चित्र कोरिरहेको छु, ज–जस्को चित्र कापिको पानामा उतरिरहेको छु, म यसलाई सधैभरि निरन्तरता दिनेछु साथै मेरो पढाई पनि राम्रै छ , म पढाई साथ साथै यस क्षेत्रलाई पनि अगाडी बढाउछु ।

६. तपाईको विचारमा चित्रकला के रहेछ ?
मनमा उब्जेका सुन्दर कल्पनालाई रङ्गको मध्यमबाट कागजमा उर्तानु नै चित्रकला हो । चित्रकला एक मान्छेलाई सन्तुष्ट दिने मध्यम हो । सायद चित्रकला मन नपराउने मान्छे यो दुनियाँमा कमै मात्रमा होलान् । चित्रकला मनको भावना हो, कुनै कुरा आखाँले देखेर त्यसलाई भावनात्मक रूपमा कापिमा उर्तानु नै चित्रकला हो जस्तो लाग्छ ।

. तपाईले चित्रकलाको टेनिङ्ग लिनुभएको हो ?
मैले आजसम्म कुनै तेस्तो टेनिङ लिएको छैन । मैले मुख्यतया युटुब बाटै नै हो । । मेरो लागि सबैभन्दा ठूलो टेनिङ्ग मेरो मनभित्रको चाहना भयो । वर्षौ सम्म चित्रकलाको टेनिङ्ग लिएर पनि मनमा इच्छाशक्ति र चाहना छैन भने टेनिङ्ग लिएको कुनै मत्लब हुँदैन ।

८ . आज सम्म को-कस्को चित्र कोर्नु भएको छ ?
मैले विभिन्न प्रसिद्ध युटुबर , नायक, नायिका , खेलाडी र अन्य महत्त्वपूर्ण शिक्षा दिने चित्र कोरेको छु ।

९ .यति राम्रो चित्र कोर्नुहुन्छ, युवतीहरूको प्रेम प्रस्ताव पनि आउछन् होला नि ?
आज सम्म कसैले तेस्तो भनेको छैनन् तर पनि कतिले छै चित्र बनाउनको लागि मात्र पनि प्रेमका कुरा गर्छन, अनि चित्र बनाइदिएपछि गायब हुन्छन् । धेरैले मेसेज गर्नुहुन्छ, म उहाँहरूको व्यवहार हेरेर रिप्लाई दिने गर्छु । राम्रो बोल्नेलाई राम्रोे बोल्ने अनि नराम्रो बोल्नेसँग नराम्रो पनि बोल्दिन । उहाँहरूले नराम्रो बोल्यो भन्दैमा मैले पनि त्यस्तै बोल्नुपर्छ भन्ने सोच राख्दिन ।

१०. चित्रकलालाई अगाडि बढाउदै हुनुहुन्छ, परिश्रमिक कतिसम्म लिनुहुन्छ ?
सबै चित्रहरूको परिश्रमिक एउटै हुँदैन, चित्र अनुसारको परिश्रमिक लिने गर्छु तर एउटाको एति उति भनेर तोकेको छैन ।

११. तपाईं पढाई पनि निकै राम्रो छ , चित्रकला पनि उस्तै , के दुईवटा बिषयलाइ समालेर अगाडि बढन सक्नु हुन्छ ?
म सकेसम्म दुइटा बिषय लाइ नै उतिकै समय दिएर लाग्ने छु । पढाई एउटा मुख्य गन्तव्य हो , पढाईको छेउमा मेरो चित्रकला रहेको छ । यदि मैले पढाईमा राम्रो गर्ने सकेन भने पनि मैले किनभने मेरो चित्रकला छ भन्ने सम्झेको छु ।

* निरज भन्डारी द्वारा कोरीएका केहि मुख्य तस्बिरहरु :