आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरेर देशभर मनाइदै

फागुन, ७ काठमाडों । आज ७१ औं प्रजातन्त्र दिवस । आज जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

२००७ सालको आन्दोलन सफलता पश्चात निरङ्कुश राणा शासन अन्त्य भइ प्रजातन्त्रको स्थापना भएको खुशीको दिनको रूपमा यो दिनलाइ स्मरण गरिन्छ ।

यसै दिनको गौरबमय इतिहास र वीर सहिदहरूको बलिदानको सम्झनासहित देशका प्रमुख व्यक्ति, राजनैतिक नेतृत्वहरुले यस अवसरमा शुभकामना समेत व्यक्त गरेका छन् ।