आजको मौसमः पहाडी भूभागमा आंशिक बदलीको सम्भावना

फागुन १० काठमाडौं । देशको केही पहाडी भूभागमा आज आंशिक बदली हुने सम्भावना रहेको छ ।
प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आज आंशिक बदलीको सम्भावना रहेको हो ।
बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि दिउँसो देशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।
प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक –दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
र, बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।