नेपाल सुपर लिग फुटबल बैशाख ११ बाट

फागुन,१० काठमाडौ।नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिता आगामी वैशाख ११ गतेबाट सुरु हुने भएको छ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै सुपर लिग बैशाख ११ गतेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सुरु हुने जानकारी दिएको हो । 

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगको हुने लिग बैशाख २५ गतेसम्म सञ्‍चालन हुनेछ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेलहरू हुनेछन् ।

पहिलो संस्करणमा प्रदेशहरूबाट प्रतिनिधित्व गर्नेगरी विभिन्न सहरहरूको फ्रेन्चाइज टिमहरूको सहभागिता हुनेछ । टिम र मालिहरूको नाम यसै महिना जानकारी दिइने नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट जनाएको छ ।