फागुन,११ काठमाडौ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।
आज मंगलवार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटन सम्बन्धी अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्त गरेका हुन् ।
७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि अहिले विभिन्न ढंगले लडाईं चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने विश्वास गर्नुपर्ने बताए । उनले भने ‘लडाई विभिन्न ढंगले चलिराखेकै छ । यसो भन्नुको तात्पर्य के होइन भने हाम्रो अदालत प्रति विश्वास छैन भन्ने मैले खोजेकै छैन । मैले सबै सभामा भनेको छु अदालतमा मुद्दा छ अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’
संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै अध्यक्ष प्रचण्डले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताए ।







