देउवा लाई भेट्दै प्रचण्ड र नेपाल, देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव होला ?

फागुन,१२ काठमाडौ ।प्रतिनिधिसभा पुन:स्थापनापछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपाका नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जाँदैछन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै चितवनामा भएका प्रचण्ड र नेपालले मंगलबार नै देउवालाई फोन गरेका थिए ।

प्रचण्ड र नेपालले कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि टेलिफोनमा कुरा गर्दै मिलेर जानुपर्ने प्रस्ताव गरिसकेका छन् ।

सर्वोच्चले मंगलबार फैसला गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन पनि आदेश दिएको छ ।

अब प्रधानमन्त्री केपी ओलीविरुद्ध अघि बढेको अविश्वास प्रस्ताव, ओलीको राजीनामा, नयाँ प्रधानमन्त्रीको चयनसहितका विषयमा छलफल हुने बुझिएको छ ।

यस अघि प्रचण्डले प्रतिनिधिसभा पुनस्थापना भए कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका थिए ।