सर्वोच्च अदालत हाइहाइ, केपी विद्या बाइबाई

फागुन,१२ काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले विजयी जुलुस निकालेको छ। जुलुसमा सहभागीहरूले निधार र गालामा रातो अबिरको टिका लगाएका छन्।  

नेकपा दाहाल नेपाल समूहका कार्यकर्ता सहभागी जुलुसमा सहभागीहरूले सर्वोच्च अदालत हाइहाइ, केपी विद्या बाइबाईको नारा लगाएका छन्।

शान्तिबाटिकाबाट निस्केको जुलुसपछि हुने कोणसभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।