फागुन,१२ काठमाडौ ।प्रतिनिधिसभा पुनस्थापनापछि कांग्रेस सभापति शेरबहादुर देउवासँग नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले भेट गरेका छन् ।
बुधबार दिउसो देउवालाई भेट्न उनीहरु बुढानिलकण्ठ पुगेका थिए ।भेटमा प्रतिनिधिसभा पुनस्थापनापछिको विकसित राजनीतिक घटनाक्रमपछिको अवस्थाबारे छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
‘विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उहाँहरु आउनुभएको थियो’ भानुले भने, ‘आ–आफ्नो पार्टीमा छलफल गरेर फेरि छलफलमा जुट्ने भन्ने भएको छ ।’
अब बिहीबार कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बसेर थप धारणा बनाउने तयारी कांग्रेसले गरेको छ ।
प्रचण्ड र नेपालले मिलेर अघि बढ्न गरेको प्रस्तावमा देउवाले आन्तरिक छलफल गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
प्रचण्डले सार्वजनिक कार्यक्रममैं प्रतिनिधिसभा पुनस्थापना भए देउवालाई प्रधानमन्त्री बनाउने बताएका थिए ।







