प्रचण्ड-गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?

फागुन, १३ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्त भएको छ ।

दाहाल निवास खुमलटारमा आज बिहान दाहाल र गौतमबीच करिव एक घण्टा भेटवार्ता भएको हो ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि रक्षात्मक अवस्थामा पुगेको ओली समूह र प्रचण्ड–नेपाल समूहलाई नजिक बनाउन भन्दै गौतम खुमलटार पुगेका उनी निकट स्रोतले जनाएको छ ।
अदालतले संसद विघटन बदर गरिसके पछिको अवस्थामा नयाँ प्रकारले कसरी जान सकिन्छ भनेर पार्टी भित्रै छलफल चलाउनुपर्नेमा गौतमले जोड दिएका जनाइएको छ ।

छलफलको क्रममा गौतमले प्रचण्डलाई कांग्रेससँग हात नजोडि पार्टी भित्रको समस्या समाधन गरी अघि बढ्न आग्रह गरेका छन् ।

नेकपा विभाजन भइसके कुनै पनि पक्षमा नदेखिएका गौतमले पार्टी एकता अभियान चलाउँदै आएका छन् । हिजो मात्र गौतमले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए ।