फागुन, १४ काठमाडौं । सांसदहरुले गत पुसदेखि रोकएको तलब÷सुविधा एकमुस्ट पाउने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसपछि संसद सचिवालयले सांसदहरुको तलब÷सुविधा रोकेको थियो ।
फागुन ११ गते सर्वोच्च अदालबाट प्रतिनिधिसभा पुनःस्थापना भएसंगै सांसदहरुले रोकिएको तलब एकमुस्ट पाउने भएका हुन् ।
फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै कमुस्ट पठाइने संसद सचिवालयले जनाएको छ ।
सांसदहरुको तलब मासिक ५५ हजार २३० रुपैयाँ छ ।
प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति र सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकको को ६० हजार ९७०, राष्ट्रिय दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकका् ५७ हजार ७८० रुपैयाँ ललक छ ।
यसका अलावा विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा, आवास सुविधा, फर्निचर खर्च, इन्धन खर्च, यातायात सुविधा, बिजुली धारा लगायतका शिर्षकमा पनि सांसदहरुले सुविधा पाउँछन् ।







