भिम र मेलिनाको ‘नोट हजार’ सार्वजनीक(भिडियोसहित)

फागुन, १४ काठमाडौँ । चार जना कलाकारको आवाजमा रहेको नयाँ गीत ‘नोट हजार’ बोलको गीत सार्वजनीक गरिएको छ ।

कलाकारहरु भिम विष्ट , मेलिना राई , समिक्षा अधिकारी र अन्जान रेग्मीको आवाजमा रहेको गीत इनाक्क्षी इन्टरटेनमेन्टबाट भिडियो सार्वजनिक भएको हो ।

भिम बिष्ट, समिक्षा अधिकारि, गिता ढुंगानाको अभिनय रहेको उक्त भिडियोमाको निर्देशन राजन समिरले गरेका छन् ।

गएको २ बर्षमै स्थापित च्यानल बनिसकेको ईनाक्सी ईन्टरटेन्मेन्ट ले अप्लोड गरेका प्राय सबै गीत हरु ‘ट्रेन्डिङ’ मा पर्ने गरेका छन् ।