फागुन,१४ काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो । तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ । ‘त्यो विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गर्यौं । तर, १७ गते उहाँ आउनुहुन्छ,’ सांसद पहारीले भने, ‘कार्यक्रमको स्वरुप र समयमात्रै परिवर्तन भएको हो ।’
कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बताइएको छ ।







