फागुन,१५ काठमाडौ।विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतापछि केपी ओलीले आफूलाई दुईनम्बरी बनाइदिएको टिप्पणी गरेका छन् । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षधर शिक्षकहरुको भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले ओलीले बैठकको अध्यक्षता गर्न समेत आफूलाई नदिई दुई नम्बरमा झारेको बताए ।
भेलामा प्रचण्डले भने- अध्यक्षता आलोपालो गर्ने भनेको तर उनले एक दिन पनि मानेनन् । तीनवटा भोटो बढी फटाएको भनेपछि भैगो त भनेर म फकिईहालेँ । पछि त उहाँले मलाई दुईनम्बरी बनाइदिनुभयो । उहाँ एक नम्बरी, म दुईनम्बरी ।
अर्को प्रसंगमा प्रचण्डले पार्टी एकता गर्ने बेला ओलीले आफूलाई एकमात्र नेता भन्दै एमाले सम्हाल्ने मान्छे तपाईं नै हो भनेर ल्याएको बताए । तर त्यो जालझेल आफूले तत्कालै बुझ्न सफल भएको समेत सुनाए ।







