फागुन, १६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन आज गृह जिल्ला झापा जाँदै छन् ।
प्रतिनिधिसभा पुर्नस्थापना भएपछि पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका प्रधानमन्त्री ओलीले पहिलो कार्यक्रम आफ्नै निर्वाचन क्षेत्रमा राखेका छन् ।
प्रधानमन्त्री ओली बिहान ११ बजे झापाको भद्रपुर बिमानस्थलबाट सोझै आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा उनले कमल गाउँपालिकाको तोपगाछी क्याम्पाबाट धरमपुर मंगलबारे जोड्ने सडकमा पर्ने कमल खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम रहेकोछ ।
झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ ।
६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ ।







