स्वास्थ्य दर्पण ‘हेल्थ अवार्ड-२०७७’ बाट चिकित्सक तथा पत्रकार सम्मानित

फागुन, १६ काठमाडों । स्वास्थ्य दर्पण ‘हेल्थ अवार्ड–२०७७’ बाट चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याका पत्रकारहरु सम्मानित भएका छन् ।

स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मानसँगै ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचनसमेत गरिएको छ ।

स्वास्थ्य , शिक्षा र सेवाको क्षेत्रमा योगदान दिने चिकित्सक र सञ्चारकर्मीलाई स्वास्थ्य दर्पण मिडियाले सम्मान गरेकोको संस्थापक सन्दिप श्रेष्ठले जानकारी दिए ।

सम्मान हुने सञ्चारकर्मीहरुमा छापा माध्यमबाट दिनेश गौतम (अन्नपूर्ण पोष्ट दैनिक), भगवति तिमल्सिना (नेपाल समाचारपत्र) र सरोज ढुंगेल (गोरखापत्र) हेल्थ अवार्ड, २०७७ बाट सम्मानित भएका छन् । त्यस्तैगरी विद्युतीय माध्यमतर्फ सम्झना महर्जन (रेडियो सगरमाथा),सुरज श्रेष्ठ (पोखरा टेलिभिजन) लाई अवार्ड प्रदान गरिएको छ । अनलाईनतर्फ बुनु थारु र नमराज भट्ट सम्मानित भएका छन् ।

यसैगरी सम्मानित हुने चिकित्सकहरुमा मा प्रदेश नं १ बाट न्युरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश नं २ बाट स्त्री रोग विशेषज्ञ डा. लक्ष्मी थापा, बागमति प्रदेशबाट फिजिसियन डा. बसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट अर्थोपेडिक सर्जन डा. प्रकाशबहादुर थापा,कर्णाली प्रदेशबाट रेडियोलोजिष्ट डा. रविन खड्का छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशबाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.खगेन्द्रराज भट्टलाई सम्मान गरिएको छ ।

त्यस्तै मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिशियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपी सर्जन डा। सूर्यज्योति श्रेष्ठ, स्वीस नागरिक रुथ गोरगेज र नवलपुर जिल्लाका स्वास्थ्यकर्मी हरिकुमार साहीलाई पनि सम्मान गरिएको छ ।

कोभिड १९ को व्यवस्थापनमा उल्लेखनीय कार्य गरेवापत् लुम्बिनी प्रदेशको खजुरा गाउँपालिका र बागमति प्रदेशको इच्छाकामना गाउँपालिकालाई पनि संस्थागत सम्मान गरिएको छ ।

सम्मानिहरुलाई पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सम्मान प्रदान गरेका थिए ।