फागुन, १६ काठमाडौं । नेपमल कम्युनिष्ट पार्टी (नेकपा)का एक जना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लिखित जवाफसहित सर्वोच्च अदालत जाँदै छन् ।
अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफसहित उनी अदालत जान लागेका हुन् ।
अधिवक्ता समिर हायुले प्रचण्डमाथि अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैं अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना नभए जनअदालतबाट फैसला हुने र न्यायाधीशहरूको खुट्टी पनि जनताले देख्ने अभिव्यक्ति दिएका थिए ।







