प्रचण्ड-नेपाल समूहको सचिवालय बैठकः स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय

फागुन, १७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले पार्टी स्थायी कमिटी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार बिहान सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको उक्त समूहका सचिवालय सदस्यहरूको बैठकले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न दुबै बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दुवै बैठकको मिति भने तय भएको छैन् ।