सरकार र विप्लव समूहको बालुवाटारमा वार्ता सुरु

फागुन, १९ काठमाडौं । सरकार र विप्लव समूहबीच बालुवाटारमा औपचारीक रुपमा वार्ता शुरू भएको छ ।

वार्तामा गृहमन्त्री तथा सरकारी वार्ता टोली संयोजक राम बहादुर थापा ‘बादल’, प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँगै उदयबहादुर चलाउने ‘दीपक’ सहभागी छन् । ‘बादल’ निकट स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरदेखि वार्ता भइरहेको हो ।

दुर्व तर्फबाट वार्ता टोलि गठन भएको थियो । घोषणा भएअनुसार नै विप्लव समूहबाट वार्ता टोलीमा रहेको प्रकाण्ड र दीपक हिजो साँझ काठमाडौं आएको स्रोतले जनाएको छ ।
विप्लव समूह झण्डै दुई वर्ष यता प्रतिबन्धित अवस्थामा छ । उसले देशको राजनीतिक, आर्थिक र स्वाधीनताको विषयमा छलफल गर्न वार्तामा बसेको स्पष्ट पारेको छ ।