स्थानीयको विरोधकाबीच अर्थमन्त्री पौडेलले गरे मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास, गाडीमा ढुंगा प्रहार

फागुन,२१ बुटवल।स्थानीयको व्यापक अवरोधकाबीच रुपन्देहीको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गरिएको छ।  

शुक्रबार पनि कार्यक्रमस्थलमा १० बजे नै उपस्थित भएका स्थानीयले अर्थमन्त्री विष्णु पौडेल र औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतविरूद्ध  नाराबाजी गरेका थिए।

शिलान्यासस्थलमा पुरोहितले स्वस्तिवाचन गरिरहँदा बाहिर नाराबाजी भइरहेको छ।कार्यक्रमस्थल नेकपा कार्यकर्ता र सुरक्षाकर्मीले घेरिएको छ।