फागुन, २२ काठमाडौं। पछिल्लो विवरण अनुसार विश्वमा कोरोना भाइरस संक्रमणबाट २५ लाख ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख ९० हजार नौ सय ४५ पुगेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार सात सय ६० जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई लाख ६२ हजार नौ सय ४८ पुगेको छ।
गत २४ घण्टाभित्र अमेरिकामा एक हजार छ सय ४५ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख ३५ हजार चार सय १८ पुगेको छ।
भारतमा सोही अवधिमा एक सय नौ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार छ सय ९३ पुगेको छ।
गत २४ घण्टाको अवधिमा बेलायतमा दुई सय ३६ संक्रमितको मृत्यु भएको छ।







