रघुजी पन्तविरुद्ध कोमल वलीको मुद्दा दर्ता

फागुन,२५ काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले  एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन् । 

वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा  गाली बेइज्जती मुद्दा दर्ता गरेकी हुन् ।  नेता रघुजी पन्तले दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएको र इज्जतमा दाग लागेको भन्दै कारबाहीको माग गरेकी छिन् ।

पन्तले २०७७ फागुन १५ गते काठमाडौंमा भएको कार्यकर्ता भेलामा  सम्बोधन गर्ने क्रममा ‘गोडा पिँडुला देखाउँदै पोइला जना पाम भने पछि सांसद बनाएको, पोइल जान पाम भनेपछि संसद त तीनै भइन्। कपाल फुलेका बुढीहरुले केही पाएनन्।

२०औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिँडुला देखाउँदै पोइल जान पाम भने पछि कोमल ओलीलाई केपी ओलीले सांसद बनाए भनी पन्तले  विवादास्पद अभिव्यक्ति दिएका थिए ।