फागुन,२६ काठमाडौँ । घट्दो क्रममा रहेको शेयर बजारमा कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ। पछिल्लो केहि दिन यता नेप्सेसँगै कारोबार रकम पनि निरन्तर घट्दो क्रममा देखिएको हो। बुधबार २०५ वटा कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम अझै घटेको हो।यस दिन नेप्से सूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचकमा भने ०.०२ अंकको झिनो सुधार देखिएको छ ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ।बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै ५५ करोड ७० लाख रुपैयाँ बरबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ७१ लाख, अरुण भ्यालीको १४ करोड ६६ लाख र नेपाल इन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। (मेरो लगानी )







