प्रधानमन्त्री ओलीले लेखेको नयाँ गीत ‘म त भाग्यमानी’ यूट्यवमा

चैत, ६ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको नयाँ गीत ‘म त भाग्यमानी’ यूट्यवमा सार्वजनिक भएको छ।

‘छानेर नि होइन, होइन जानीजानी तर, जन्मे नेपालमा मत कति भाग्यमानी’ बोलको यो गीतमा शिशिर योगीले स्वर र संगीत दिएका छन्।

भिडिओको सुरुवातमा ओलीले दोस्रोपटक मृर्गौला प्रत्यारोपण गर्नुपूर्व दिएको मन्तव्यको फुटेज राखिएको छ। गीतमा गायक एवम् संगितकार योगीले नै अभिनय गरेका छन्।