सुनको मूल्यमा गिरावट, कसरी कारोबार भइरहेको छ ?

चैत, ६ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । हप्ताको अन्तिम दिन आज छापावाला सुन प्रतितोला ८६ हजार ७ सय कायम भइ कारोबार सुरु भएको छ ।

हिजोको तुलनामा आज ५ सयले गिरावट आइ उक्त मूल्यमा कारोबार भएको हो । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार २ सय रहेको थियो । त्यस्तै तेजावी सुुनको मूल्य ८६ हजार २ सय ५० रहेको छ ।

बिहीवारको तुलनामा शुक्रवार प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदी १२ सय ९० रहेको थियो । त्यस्तै आज मूल्य गिरावट आइ प्रतितोला १२ सय ७५ कायम भइ कारोबार भइरहेको छ ।