विश्वभर बढ्न थाल्यो कोरोनाः पछिल्लो २४ घण्टामा नौ हजार ८४६ जनाको मृत्यु

५ लाख ३६ हजार २४० जना संक्रमित थपिए

चैत, १२ काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घन्टाको विवरण अनुसार कोरोनाबाट विश्वमा नौ हजार ८४६ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ३६ हजार २४० जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी ब्राजिलमा दुई हजार २४४ जनाको मृत्यु भएको छ भने ९० हजार ५६४ जना संक्रमित भएका छन् । अमेरिकामा १ हजार ३०७ जनाको मृत्यु भएको छ ।